नेपाल रेडक्रस तनहुँमा प्रा.डा. गौतम सर्वसम्मत चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको अध्यक्षमा प्रा.डा. कृष्णप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । रेडक्रसको शनिबार आयोजित ४०औं जिल्लासभा तथा १३औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा. गौतम सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा कमलभक्त पोख्रेल र नारायणी अधिकारी, मन्त्रीमा सूर्यचन्द्र हड्खले, उपमन्त्रीमा केशव भट्टराइ, कोषाध्यक्षमा प्रतापसिं अधिकारी, उपकोषाध्यक्षमा हरि सिग्देल सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारीमा सर्वसम्मत भए पनि सदस्यहरू सात जनामा आठ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा सुमन थापा, विमल गिरी, विवेक न्यौपाने, विपीन्द्र सेन ठकुरी, श्रीकृष्ण आचार्य, केशवराज पोख्रेल, कृष्णप्रसाद न्यौपाने, मथुरा कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ । महिला सदस्यहरूमा चिनु पोख्रेल, केशमाया गुरूङ र सरस्वती थापा चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker