दुइ थान पेस्तोल तथा बन्यजन्तुसंग सम्बन्धित चिजबस्तु सहित बन्दीपुरबाट एक जना पक्राउ

- भञ्ज्याङ समाचारदाता (तनहुँ)
जिल्ला प्रहरी कार्यालय तनहुँले अबैध हातहतियार तथा वन्यजन्तुसंग सम्बन्धित चिजबस्तु सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बन्दिपुर-६ ज्यामिरेस्वाँरा बस्ने अशोक गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाले अवैध रुपमा हातहतियारहरु साथमा लिई हिंडी सर्वसाधारणलाई त्रसित पारी आतंकित बनाएको भन्ने गोप्य सुचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यलय बन्दीपुर र इलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवारज तिमिल्सिनाले जानकारी गराएका छन् ।
प्रहरीले पक्राउ परेका अशोक गुरुङ सुत्ने बस्ने कोठा तथा निजको घरकोठाहरु खानतलासी लिंदा लुकाई राखेको अवस्थामा अटो पिस्टल ९यमयम ९ राउण्ड लेखिएको ७.५ इन्च लम्बाई र ५.५ चौर्डाई भएको म्याग्जिन र सोही म्याग्जिमा रहेको १ राउण्ड गोली सहितको पेस्तोल एक थान, ७ इन्च लम्बाई र ५ इन्च चौडाइ भएको म्याग्जिन सहितको पेस्तोल एक थान गरी दुइ थान पेस्तोल, सुटकेश भित्र लुकाई राखेको जंगली जनावरको छाला जस्तो देखिने वस्तुको पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाई र ४ इन्च चौडाइको वस्तु एक थान बरामद गरेको छ ।
यस्तै, घरबाट जंगली जनावरको छाला जस्तो देखिने वस्तु एक थान, जंगली जनावरको छाला जस्तो देखिने बस्तु, जंगली जनावरको सिंङ जस्तो देखिने वस्तु, सोही सुटकेशको र्साईड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजा जस्तो पदार्थ समेतका चिजवस्तुहरु बरामद गरिएको तनहुँ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको बताइएको छ।










