देवघाटको निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव

  • भञ्ज्याङ समाचारदाता (देवघाट)

पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणको प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना प्रमुख इ कुमार थापाले पुल निर्माणका लागि रु ८३ करोड हाराहारी खर्च हुने जानकारी दिए । उनका अनुसार डिभिजनले परामर्शदाता कम्पनी मार्फत नक्शाङ्कनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

उनले भने, ‘हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौँ ।’ अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उनको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ । अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आहृवान गर्न सकिने उनको भनाइ छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०/१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कूल लम्बाइ ५७० मिटर हुनेछ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २.४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भइरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिए । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो।

धार्मिक पर्यटक भित्रयाउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्ष अघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थालेका थियो । उनले भने, ‘हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौँ गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौं ।’ यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उनले देवघाटलाई विश्वसामु चिनाउन पुल र्सार्थक हुने बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिए । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताए । उनले भने ‘मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।’

देवघाट विश्वका हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्रयाउनका लागि बन्न लागेको पुल र्सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्ष पुल निर्माणसँगै आन्तरिक र बाहृय पर्यटक बढ्ने उनको भनाई छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker