गोरखाली समाज तनहुँमा नयाँ नेतृत्व चयन

दमौली : गोरखाली समाज तनहुँमा झलकनारायण श्रेष्ठ अध्यक्षतामा सर्वसम्वत नयाँ नेतृत्व चयन गरिएको छ। समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो। समाजको उपाध्यक्षमा सावित्रीदेवी अधिकारी, सचिव लक्ष्मण कट्टेल, सहसचिव सावित्री भण्डारी, कोषाध्यक्ष दीपबहादुर श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यमा बासुदेव श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, बिजया गौतम, चन्द्रमाया गुरुङ, मनिराम घले र जीतबहादुर गुरुङ लगायत रहेका छन् ।
समाजका अध्यक्ष शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका ज्येष्ठ नागरिक बीरबहादुर गुरुङले उद्घाटन गरेको कार्यक्रममा स्याङ्जा–तनहुँ सम्पर्क सदनका सचिव कृष्ण गिरी, समाजका सल्लाहकार झनक नारायण श्रेष्ठ, सल्लाहकार सावित्री श्रेष्ठ, पूर्व अध्यक्ष नारायण प्रसाद अधिकारी, सचिव एसवि नेपाली, उपाध्यक्ष सावित्रीदेवी अधिकारी लगायतले समाजलाई सशक्त रुपमा अघि बढाउन सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा सचिव र कोषाध्यक्षले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।










