सत्यवती माविमा पाँच लाखको अक्षयकोष स्थापना

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका-३ दमौलीका ज्येष्ठ नागरिक राजकुमार श्रेष्ठले दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठले विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रयोजनका लागि आफ्नो ८४ वर्षको जन्मदिनका दिन विद्यालयलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरी पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । दुइ लाख रुपैयाँबाट स्थापन भएको कोषमा हाल तीन लाख थप गरी पाँच लाख रुपैयाँ पुगेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए ।

श्रेष्ठका छोरा सान्तकुमार र बुहारी इन्द्रकलाले संयक्त रुपमा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीलाई रकम हस्तान्तरण गरेका थिए ।

उक्त रकम दमौली स्थित शुभश्री बचत तथा ऋण सहकारी दमौलीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोष को नाममा जम्मागरिएको र त्यस बापत प्राप्त व्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker