तनहुँमा आइसोलेसन केन्द्र भन्दा घरमा बस्ने संक्रमितको संख्या बढ्दै

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । बुधबार पनि जिल्लामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या थपिदै गएपनि संस्थागत आइसोलेशनमा बस्ने संक्रमितको संख्या भने घट्दै जान थालेको छ । कोरोना संक्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै संक्रमितको संख्या दिनानुदिन बढेपनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका छन् ।

सरकारले कोरोना संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश संक्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको बताइन्छ । २५० भन्दा बढि संक्रमितहरुलाई व्यवस्थापन गरेको केन्द्रको आइसोलेसनमा अहिले जम्मा १ जना मात्र संक्रमित बस्दै आएका छन् । यस्तै, यहाँ जिल्लाका १० वटै स्थानीय तहको लागत सहभागितामा आइसोलेसन कक्ष तयार गरिएपनि अहिले ती आइसोलेशन कक्षामा बस्ने संक्रमित भने छैनन् ।

जिल्लाको १० वटै पालिकाबाट १० हजार ८९१ जनाको स्वाब नमुना संकलन पश्चात गरिएको पीसीआर परीक्षणमा १ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये हालसम्म ६८१ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण तनहुँमा हालसम्म १४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जिल्लामा अहिले ३१७ जना सक्रिय संक्रमित रहेकोमा ३३ जना मात्र संस्थागत आइसोलेनमा बस्दै आएका छन् । स्वास्थ्य कार्यालय तनहुँको विवरण अनुसार दमौली अस्पतालको आइसोलेशनमा २९ जना, जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा १ जना, आँवुखैरेनी गाउँपालिकाको आइसोलेशनमा ३ जना गरी ३३ जना मात्र अहिले संस्थागत आइसोलेशनमा छन् भने अन्य संक्रमितहरु आ-आफ्नै घरको होम आइसोलेशनमा बसेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए ।

शुरुमा सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि संक्रमित होम आइसोलेसनमा बस्न रुचाएको हुनसक्ने देखिन्छ । त्यस्तै, दशैं तिहारजस्ता ठूला चार्डपर्वका कारण पनि संक्रमितले होम आइसोलेसननै रोजेको पनि हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख अधिकारी बताउँछन् ।

सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने विषय सार्वजनिक भएपछि शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका हुनसक्ने देखिन्छ। संक्रमण पुष्टि भएसंगै हामीले संस्थागत आइसोलेशनमा बस्न आग्रह त गर्र्छौ तर उहाँहरु घरमै सुरक्षित रुपमा बस्न सक्छौ भन्दै होम आइसोलेशननै रोज्ने क्रम बढेको प्रमुख अधिकारी बताउँछन् ।

‘होम आइसोलेसनमा बसे पनि संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिने गरिएको छ’, उनले भने, ‘स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फ संक्रमितको जानकारी लिइरहेका छौं, घरमै बसेका संक्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मी मार्फत नियमित ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुको छ। साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उहाँहरूले जिम्मा दिएर गरिरहेको अवस्था छ ।’

होमआइसोलेशनका संक्रमितको उपचारलाई सूचीकृत हुनुपर्ने

त्यस्तै, सरकारले होम आइसोलेशनमा रहेका कोभिड-१९ संक्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आहृवान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले बुधबार सूचना प्रकाशन गरी होम आइसोलेशनमा रहेका संक्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आहृवान गरेको हो । नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होमआइसोलेशनमा छन् ।

‘होम आइसोलेशनमा रहेका संक्रमितलाई टेलीमेडिसिन सेवाद्वारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचीकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ, ‘सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्मा दर्ता हुनुपर्ने छ ।’

स्वास्थ्य संस्थाले सूचीकृत भएर होम आइसोलेशनमा रहेका संक्रमितको उपचार गर्न सक्ने बताइएको छ । नेपालमा संक्रमितको संख्या दुइ लाख दुइ हजार ३२९, निको एक लाख ६२ हजार २४३ र संक्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker