नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान
भञ्ज्याङ समाचारदाता/भिमाद

स्याङ्जा-भिमाद तनहुँले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम भिमादमा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष नुवादत्ता पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका वरिष्ठ सल्लाहाकार विश्ववन्धु भण्डारीले सुविधाको खोजीमा गाउँबाट शहर केन्द्रित भएकालाई समाजले भेटघाट तथा आ-आफ्ना अनुभव आदानप्रदान गर्ने माध्यम बनाएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय इन्दिरा खनाल, रामचन्द्र अर्याल, एक बहादुर घिमिरे, समाजका सचिव दयानिधि पौडेल, बाबुराम रुचाल, शोभाकान्त पाण्डे, भक्त बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्याङ्जा जिल्लाबाट भिमादमा आई बसोबास गर्ने विभिन्न पेसा, व्यवसायमा संलग्न लगायतको सहभागिता रहेको थियो ।










