ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ । अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

‘शव ब्ल्यांकेटले बेरिएको अवस्थामा भेटिएको छ, घटना हेर्दा मृत्यु शंस्कास्पद देखिन्छ,’ उनले भने । मृतकको शरीरमा चोट पनि देखिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी प्रमुख श्रेष्ठसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको टोली झिकाएर पनि अनुसन्धान भइरहेको श्रेष्ठले बताए । मृतकको पहिचान खुल्न सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker