कण्टार चापाघाट खानेपानी समितिको अध्यक्षमा मानध्वज चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ स्थित कण्टार चापाघाट खानेपानी उपभोक्ता समितिमा मानध्वज थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपभोक्ता समितिको शनिबार सम्पन्न दशौ अधिवेशनबाट उपाध्यक्षमा वेतवहादुर राना, सचिव सन्त कुमार श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र खनाल, सहसचिव सुमित्रा थापा सर्वसम्मत चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरुमा पदम कुमार श्रेष्ठ, कल्पना शाही, डिलमाया थापा, रोशन खनाल, लेखा समिति संयोजकमा रविचन्द्र आचार्य र सदस्यहरुमा संगिता गुरुङ र शुशिल वाग्ले चयन भएका छन् । रामकुमार श्रेष्ठको संयोजकत्व सुरक्षा समिचित चयन गरिएको छ । जसमा नरवहादुर थापा, भद्र वहादुर शाही, खिम वहादुर आले, वम वहादुर सारु र वालकुमारी राना सदस्य रहेका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन उद्घाटन गर्दै वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले खानेपानी हरेक व्यक्तिको आधारभूत आवश्यकता भएको हुँदा यसको व्यवस्थापन र शुद्धतामा ध्यान दिन आग्रह गरे ।
जीवनसँग जोडिएको विषयमा हामी सबै एकतावद्ध भई यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै उनले भने, ‘खानेपानी दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो, अब यसको गुणस्तरमा ध्यान दिनुपर्दछ, वडा कार्यलय खानेपानीको व्यवस्थापन र वितरणमा सधै तत्पर रहेको छ ।’
समितिका अध्यक्ष वलभद्र खनालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष वुद्धिमान श्रेष्ठ, लेखा संयोजक रविचन्द्र खनाल, सल्लाहकार श्रीभद्र खनाल, सुरक्षा समिति संयोजक पदम कुमार श्रेष्ठ लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।










