तनहुँको देवघाटमा एक करोडको लागतमा पुस्तकालय भवन निर्माण

देवघाट : तनहुँको देवघाट गाउँपालिका–५ मा पुस्ताकालय भवन निर्माण गरिएको छ । करिब एक करोड रुपैयाँको लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न गरिएको हो । पुरानो भवन जीर्ण भई पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण कार्य अगाडि बढाइएको थियो ।

पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो ।

बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी छ । देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित संघसंस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिए ।

हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्र लगायत विभिन्न विधाका पुस्तक रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker