शुक्लागण्डकीको खैरेनी माविको नवनिर्मित ८ कोठे भवन उद्घाटन

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल हेल्फ वाईलंग्रीस जर्मनको आर्थिक सहयोग निर्मित भवनको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित र जर्मनी संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले सोमबार एक कार्यक्रमका बीच संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै नेपालहेल्फ वाईलंग्रीस जर्मनका अध्यक्ष मानफ्रेड लिन्डरले विद्यार्थी र शिक्षा हरेक देशको भविष्य निर्धारणको प्रमुख आधार भएको बताए । साथै उनले नवनिर्मित भवनको संरक्षण र प्रयोगमा विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले नेपालहेल्फ वाईलंग्रीसले निर्माण गरिदिएको भवनको व्यवस्थापन खर्च स्थानीय सरकारबाट गरिने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोमलमोहन घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), वडा नं. ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
२०८० साल माघ महिनाबाट निर्माण थालिएको भवन निर्माण सम्पन्न गरी जर्मनी संस्थाले विद्यालयलाई हस्तान्तरण गरेको हो । करिब २ कारोड रुपैयाँको लागतमा निर्माण भएको भवनमा ८ कक्षाकोठा, शौचालय सहितको चेन्जिङ्ग कोठा रहेको विद्यालयका सूचना अधिकारी राजकुमार भुजेलले बताए ।
भवनको उद्घाटन कार्यक्रममा नेपालहेल्फ वाईलंग्रीसलाई पञ्चेवाजा सहित विद्यार्थी, शिक्षक र जनप्रतिनिधिले स्वागत गरेका थिए भने कार्यक्रममा नेपालको संस्कार, संस्कृति र सभ्यता झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker