चितुवा आक्रमणमा परि घाइते भएकालाई बन्दिपुर गाउँपालिकाद्वारा उपचार खर्च प्रदान

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले चितुवाको आक्रमणमा परी घाइते भएको दुई जनालाई राहत स्वरुप उपचार खर्च प्रदान गरेको छ ।

चितुवाको आक्रमण परी घाइते भएका बन्दिपुर-४ का आठ वर्षीया बालिका रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदले शिखरडाँडाका ३५ वर्षीय भीमलाल गरञ्जा लाई गाउँपालिकाकाे तर्फबाट अध्यक्ष सुरेन्द्र थापा र उपाध्यक्ष पन्चमाया गुरुङले उपचारका लागि राहत स्वरुप प्रतिव्यक्ति नगद रु १० हजारका दरले प्रदान गरेका हुन ।


वडा नम्बर १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेसका बैँस गुरुङ, वडा नम्बर ४ का वडा सदस्य भिम घले, ममता राना, रवि श्रेष्ठ , नेकपा एमाले जिल्ला सदस्य गोबिन्द अधिकारी, गा पा सचिव कुलेन्द्र गौतम, सहसचिव आमिर गुरुङ लगायतको उपस्थितिमा गाइतेलाइ राहत रकम हस्तान्तरण गरिएको छ ।

यस्तै गाउँपालिकाले चितुवा आक्रमणमा परि ज्यान गुमाएका वडा नम्बर १ का चार वर्षीय बालक सुप्रीम बगालेकाे परिवारलाई नगद ५० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ ।


चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले गाउँपालिकाको समन्वयमा वडा नम्बर १ को चितुवा प्रभावित क्षेत्रमा पासो सहित तीनवटा खोर थापेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker