एकीकृत मादी नदी उपत्यका विकास परियोजना : करिब २६ अर्बको लागतमा २६ वटा योजना

भञ्ज्याङ न्यूज

मादी नदीको थुनेर कृतिम ताल निर्माण गर्ने महत्वकांक्षी योजनाको परामर्श दाताबाट अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ। व्यास नगरपालिकाले मादी नदी थुनेर करिब १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखि अघि सारिएको महत्वकांक्षी योजना व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजना अगाडि बढाउने तयारी गरिएको छ। यो परियोजनाको परामर्श दाताले आइतबार गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुतीकरण गरेको छ। विज्ञ समूह र सरोकारवालाहरुको उपस्थितीमा भएको उक्त कार्यक्रमबाट प्रस्तुत मस्यौदा माथि सुझाव संकलन समेत गरिएको छ । गुरुयोजना अनुसार १५ वर्ष उक्त एकीकृत योजना अर्न्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ । जसको लागत २६ अर्बरुपैयाँ रहने अनुमान गरिएको छ ।

गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजना लगायतका २६ वटा योजना समेटिने बताए । प्रत्येक योजनाको छुट्टा छुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उनले १५ वर्षम्म हरेक योजनालाई महत्वको हिसाबले प्रथामिकता निर्धारण गरिने र सोही अनुसार निर्माण कार्य पनि अगाडि बढाइने बताए ।

जलस्रोतविद अर्जुन गौतम, वातावरणविद् राजिव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पूर्वाधार एवं विपद्विद देबकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राखेका थिए। योजनाको दीगोपन, हाइड्रोलजिकल पक्ष अन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव राखेका थिए ।

त्यस्तै गरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिए । प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उनले सुझाव दिएका छन् । प्रस्तुत भएको मस्यौदा उपर उठेका विषयहरु र सुझावलाई समेटेर केही परिमार्जन गरी फाइनल प्रतिवेदन तयार पार्न पनि उनको सुझाव थियो । योजना तय गर्दा जलवायु परिवर्तनले पारेकोे प्रभावलाई ध्यानमा राखि बलियो गरी वातावरणीय प्रभाव मुल्याङ्कन गर्न उनले प्राविधिक टोलीलाई अग्राह गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गरिन । यो परियोजना तनहुँको समृद्धिको आधारशिला भएकाले यसलाई सफल बनाउने जिम्मेवारी सबैको हुने उनको धारणा थियो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले यो परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने बताए। साथै परियोजना सम्पन्न हुने अवधि लामो भएकाले समयसँगै परिवर्तन हुने पक्षहरुको बारेमा समेत चनाखो भइ लागत इष्टिमेट गर्न उनले सुझाव दिए । परियोजनाको लागत धेरै भएकाले नीजि क्षेत्रका लगानीकर्तालाई पनि आकषिर्त गर्न सक्नुपर्ने उनको भनाइ छ ।

मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाहरुले मादि नदीसँगैका जमिन अध्रि्रहण, मादीको बहाब नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, नीजि जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौती, लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत उत्पादन क्षमता, नीजि क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सुचि निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिवद्धता हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासको बृहत्तर र एकीकृत बिकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुसँग पटक पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका बिकास परियोजनाको अवधारण आएको जानकारी दिए । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताए।

यस परियोजनाको लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउदै उनले भने ‘अब यस तर्फनि विज्ञ टोलीहरुसँग छलफल गरी अघि बढ्छौं ।’ उक्त कार्यक्रमको सहजीकरण व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रबिन्द्रलाल मुलले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker