सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-पोखरा खण्ड अवरुद्ध

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-पोखरा खण्ड अवरुद्ध भएको छ । बुधबार साँझ करिब ६ बजेको समयमा म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बजारको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

उक्त सडक खण्डमा करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खस्दा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्री समेतको बिपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, राजमार्ग विस्तारको काम गर्दै आएको चाईनिज कन्ट्रक्सन, स्थानीय पालिका तथा अन्य मानिसहरु समेतको सहकार्यमा काम भइरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि तनहुँ हुँदै कास्कीको पोखरा तर्फजाने साना तथा मझौला सवारी साधनहरुको लागि बैकल्पिक बाटो दमौलीको भोर्लेटार चोक-कलेस्ती-पोल्याङ हुदै कास्की तर्फडाइभर्सन गरिएको उनले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker