भिटोफ पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै

  • भञ्ज्याङ समाचारदाता (गण्डकी)

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ शनिबारदेखि चारदिने पर्यटन पुनरोत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कायक्रम शुरु गरेको छ । कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत् अवस्थामा फर्काउने सोचका पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरबासको प्रवर्द्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरबाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरबास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरबास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास, पर्वतको भुक देउराली सामुदायिक घरबास, लब्सिबोट सामुदायिक घरबास र कास्कीको हेम्जाकोट सामुदायिक घरबासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवं अन्तरक्रिया गरिने भएको छ ।

भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताए । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै उनले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराइले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनः उत्थान गरिनु अहिलेको आवश्यकता भएको बताए । भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवर्द्धनात्मक भ्रमणले थलिएको पर्यटनमा ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker