डुम्रे बजारमा अनुगमन

खाद्य डिभिजन दमौली र बन्दीपुर गाउँपालिका–१ वडा कार्यालयको समन्वयमा डुम्रे बजारमा बजार अनुगमन गरिदै । नियमीत बजार अनुगमनका क्रममा नमूना संकलन तथा उजुरी गुनासो सम्बोधन गरिएको थियो । अनुगमनका क्रममा सरसफाइको कमी देखिएको डुम्रे बजारको एक मिठाइ पसललाई किचन, पिठो मुछ्ने ठाउँ, फ्रिज सफा गर्न र व्यवस्थित गर्न पाँच दिनको समय दिइएको छ । तस्विर : भञ्ज्याङ










