डिसिसियमसी केन्द्रलाई लकडाउन गर्न तनहुँका पालिकाहरुको सिफारिस

भञ्ज्याङ समाचारदाता/दमौली

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसियमसी) लाई सिफारिस गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको स्थानीय पालिकाका जनप्रतिनिधिहरुको बैठकले जिल्ला भित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको समितिका प्रवक्ता गल गुरुङले जानकारी गराएका छन् ।

बैठकले जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामाग्रीहरु औषधि लगायत अन्य सामानहरु खरिद तथा भण्डारण गरी मौज्दात राख्ने निर्णय पनि गरेको छ।

बैठकमा तनहुँ जिल्लाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु कोभिड अवधिभर आफ्नो पारिवारिक कार्यक्रम (विवाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम आदि) बाहेकको कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामग्री औषधिलगायत अन्य सामानहरु खरिद गरी भण्डारण गरी मौज्दात राख्ने, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने, जिल्लाका सबै शिक्षण संस्थाको पठनपाठन र परीक्षा पूर्णरूपमा स्थगित गर्ने निर्णय बैठकले गरेको छ ।

दशवटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागिता रहेको बैठकले जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परिक्षा पूर्णरूपमा स्थगित गर्ने समेत निर्णय गरेको छ ।

दमौली अस्पताको अनुगमन

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिइरहेको अवस्थामा दमौली अस्पतालले गरेको पूर्वतयारीको बारेमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा सोमबार अस्पतालको अनुगमन गरिएको छ । कोभिड व्यवस्थापनका लागि दमौली अस्पतालले गरेको तयारीका बारेमा जानकारी लिन वाग्लेको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी थिए । अनुगमन टोलीलाई दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले अस्पतालले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । अस्पतालले चार वटा भेन्टिलेटर सहितको ७ बेडको सघन उपचार कक्ष तयार गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker