अधिकारको अनुपातमा सङ्घीयता महँगो होइन: मन्त्री शर्मा

भञ्ज्याङ न्यूज

सन्चार तथा सूचना प्रविधी मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीयता महँगो भयो भन्नु सही नभएको बताउनुभएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहमा जुन मर्मका साथ अधिकार बाडफाड गरिएको छ, यसको तुलनामा सङ्घीयता महँगो भयो भन्नु सही नहुने बताउनुभएको हो ।

पहिले केन्द्रमा ६०/६५ जनासम्म मन्त्री बन्नेदेखि ठूलो संख्यामा गाविस र नगरपालिकाहरु रहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयनपछि सङ्घमा २५ भन्दा बढी राख्न नपाउने र त्यतिबेलाका धेरै गाविस मिलाएर गाउँ वा नगरपालिका बनाएको पाटो बिर्सन नहुने धारणा राख्नुभयो ।

केन्द्रमा रहेको अधिकार गाउँगाउँमा पुर्याउनु नै सङ्घीयताको मूल मर्म रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो- त्यसैले त हामीले यसलाई गाउँगाउँमा सिंहदरवारको रुपमा व्याख्या गरेका छौं । कहिँ कसैले गल्ती गर्न गर्नसक्छन् तर त्यसको आधारमा सघीयताको बिरोध गर्नु सही हुँदैन, यो जनतालाई अधिकारसम्पन्न बनाउने शासकीय बिकेन्द्रीकरणको प्रगतिशील प्रणाली हो ।

तीनै तहका सरकारले संविधानप्रदत्त अधिकार प्रयोग गर्नसक्ने हो भने देश विकासले फड्को मार्ने पनि उहाँले बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारको पहिलो कार्यकाल पूर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेकाले अहिले सुरु भएको दोस्रो कार्यकालका जनप्रतिनिधिले राम्रो काम गरेर सङ्घीयता सही भएको पुष्टि गर्ने अवसर भएकोमा पनि मन्त्री शर्माले जोड दिनुभयो ।

स्थानीय सरकार मूलतः जनताको सुखदुखको साथी भएकाले उनीहरूले जनताकै पीरमर्कामा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, उत्पादन वृद्धि, भूमि व्यवस्थापन लगायतका क्षेत्रमा आबुखैरेनी गाउँपालिकाले गरेको सुरुवातप्रति खुशी व्यक्त गर्दै मन्त्री शर्माले यसबाट संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफू निर्वाचित भएको सात महिनामै गत मङ्सिरमा अस्पताल उद्घाटन गरिएको जानकारी दिदै निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरिएको बताउनुभयो । अब पालिकामा कुनै गाडी खरिद नगरी पालिका स्कुल बस खरिदका लागि सहयोग जुटाउने अभियानमा लागेको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ, शिक्षा, उत्पादन वृद्धि, सुकुम्बासी समस्या समाधान र पर्यटन प्रबर्द्धनमा ध्यान केन्द्रित गरिएको अध्यक्ष चुमानले जानकारी गराउनुभयो ।

पालिकाले स्थापना दिवसको अवसरमा पालिकाभित्र गाउँ पन्चायत स्थापनादेखि गाविस, पालिका हुँदै आजका दिनसम्म राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यवसाय लगायत सबै क्षेत्रमा नयाँ कामको सुरुवात गर्ने सस्थापकहरुलाई सम्मान गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker