कबड्डी प्रतियोगिता

गण्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा सञ्चालित अन्तरजिल्ला कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नवलपुर र म्याग्दीका खेलाडीहरु ।
प्रतियोगितामा प्रदेशभित्रका आठ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डले बताए । व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको प्रतियोगिता अन्तर्गत पहिलो दिनको पाँच खेल सम्पन्न भएको छ । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ र तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।
गण्डकी प्रदेश कड्डी संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै लगायतले खेलका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । तस्विर : भञ्ज्याङ