वैशाखको पहिलो मंगलबार थानीमाई मन्दिरमा १२ फूलको डोली

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा वैशाख महिनाको पहिलो मंगलबार १२ फूलको डोली भित्रिएका छन् । चैत दशैं पर्व परेपनि मन्दिरमा विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली भित्र्याएका हुन् ।

त्यसक्रममा एक हजार भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । त्यस्तै सोमबार राति मन्दिरमा बत्ती बालेर जागाराम बस्ने भक्तजनको संख्या ३५ जना रहेको थापाले बताए ।

प्रत्येक वर्ष कात्तिक, मंसिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन र्सवसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker