राष्ट्रिय जनगणना २०७८ : विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये १२ प्रतिशतले जीवित बच्चा नजन्माएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको जनगणनाको संक्षिप्त नतिजाअनुसार १५-४९ वर्षका ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले (७ लाख ३६ हजार ४ सय ९९) जीवित बच्चा नजन्माएको देखिएको हो।

जनगणनाअनुसार २ जीवित बच्चा जन्माउने विवाहित महिलाको संख्या ३३ प्रतिशत रहेको छ भने १ जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेको छ ।

‘१५-४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ६९ बच्चा जन्माएका छन्‚ जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मिएका छन्‚’ जनगणनाको संक्षिप्त नतिजामा उल्लेख गरिएको छ ।

त्यस्तै कूल जीवित जन्मिएका बच्चाहरूमध्ये ३.२ प्रतिशतको मृत्यु भएको छ । मृत्यु भएका बच्चाहरूमध्ये छोराको संख्या ५७.६ प्रतिशत र छोरीको संख्या ४२.४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

जनगणना २०७८ अनुसार गणनाको १२ महिनाअघिको समयमा जम्मा ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएकोमा २ लाख १८ हजार ७४ जना अर्थात् ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७.२ प्रतिशत छोरीको जन्म भएको पाइएको छ ।

यसैगरी, गणना भएको दिनदेखि १२ महिनाअघिसम्मको समयावधिमा कूल प्रजनन् उमेर समूह (१५-४९ वर्ष) का १२ हजार ९ सय ७६ महिला मृत्युमध्ये ६ सय ५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थाससँग सम्बन्धित जटिलताका कारण रहेको जनगणनामा उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीबाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मातृमृत्युसँग सम्बन्धित रहेको पाइएको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कूल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्युदर १५१ जना (प्रतिलाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker