दमौली कारागारबाट भागेका १२ जना कैदीबन्दी पक्राउ

दमौली : तनहुँको दमौली कारागारबाट मंगलबार राती भागरेका १२ जना कैदीबन्दी प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनको क्रममा जिल्लाका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएपछि कारागार पनि आन्दोलनकारीको निशानामा परेको थियो ।
आन्दोलनकारी कारागार पुगेपछि कारागारमा रहेका २० महिला सहित ३२७ कैदीबन्दी भागेका थिए । भागेका मध्ये १२ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।










