दमौली अस्पतालमा दाँतको उपचार गरिने

तनहुँको दमौली अस्पतालमा दन्तसेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सेवा सुविधा थप गर्ने उद्देश्यबमोजिम दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा पूर्वाधार थप गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि डिजिटल एक्सरे मेशिन खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उक्त मेशिनलाई करीब रु ५० लाख पर्नेछ ।

वि.सं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो। बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker