सत्यवती माविको निमित्त प्रधानाध्यापकमा गुरुङ
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयका शिक्षक एकबहादुर गुरुङलाई निमित्त प्रधानाध्यकको जिम्मेवारी दिइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षमा बिहीबार बसेको बैठकले विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले मंसिर २९ गते दिएको राजिनामा स्वीकृत गरी गुरुङलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो ।
समितिको निर्णय अनुसार प्रधानाध्यापकको नियुक्ति प्रक्रिया पुरा नहुँदासम्मका लागि शिक्षक गुरुङलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको अध्यक्ष काफ्लेले बताए । विद्यालयमा कार्यरत माध्यामिक तह प्रथम श्रेणीका शिक्षक गुरुङलाई समितिका बैठकले र्सवसम्मत रुपमा चयन गरेको बताइएको छ ।
व्यास-४ दमौली निवासी गुरुङ २०६० सालमा माध्यामिक तहको तृतीय श्रेणीमा स्थायी शिक्षक भएका थिए । उनले २०६७ सालमा द्धितीय र २०७७ सालमा प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका थिए । जिल्लामा रहेका प्रथम श्रेणीका तीन जना वरिष्ठ शिक्षक मध्ये गुरुङ सत्यवतीमा कार्यरत थिए । गुरुङ विज्ञान तथा गणित विषयका शिक्षक हुन ।










