आइतबारबाट पढाइ सुरु गर्न शिक्षकलाई व्यास नगरपालिकाको आग्रह

तनहुँ : वैशाख १२ गते। तनहुँको व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सूचारु गर्न आन्दोलनरत शिक्षकलाई सूचित गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक सूचित गरिएको हो ।

विज्ञप्तिमा सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पुर्‍याउनुहुन र सबै अभिभावकलाई आफ्नो बालबालिका विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।

शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्ना समस्या ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक रहेको उल्लेख गर्दै संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा पढाई अबरोध नगर्न सूचित गरिएको छ ।

ऐन जारी नहुँदासम्म शिक्षक विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्यार्थीलाई गम्भीर असर पर्ने देखिएको सो विज्ञप्तिमा जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker