तनहुँमा एकैदिन ८३ जनामा संक्रमण : साबधानी अपनाउन प्रशासनको २६ बुँदे आदेश (आदेश सहित)

भञ्ज्याङ न्यूज

तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमिको संख्या दैनि बड्दै गएको छ । स्वास्थ्य निर्देशनालाई गण्डकी प्रदेशले बुधबार र्सार्वजनिक गरेको विवरणमा तनहुँका ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

व्यास ल्याब कोभिड अस्पतालमा गरिएको पिसीआर परीक्षणबाट चार जना संक्रमित थपिएका छन् । यसैगरी एन्टिजेनबाट ४५ जना संक्रमित थपिएका छन् । बाँकी संक्रमित पोखराबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन तथा मापदण्ड कर्डाईका साथ पालना गर्न भनेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बुधबार राती १२ बजेदेखि लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि भन्दै २६ बुँदे आदेश जारी गरेका छन् । आदेशमा सबै प्रकारका आमसभा, जुलुस भेवा वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने भनिएको छ ।

संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा -३) ले दिएको अधिकारको प्रयोग गरी जारी गरिएको आदेशमा २५ जनाभन्दा बढी मानिसको उपस्थित हुने गरी कुनै पनि किसिमको भेला तथा महोत्सव एवं सामाजिक लगायतका काम नगर्न भनिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचनाबमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने तथा पूर्व निर्धारित सेमेष्टर र वाषिर्क परीक्षाको हकमा स्वास्थ्य मापदण्डको पालना गरी जेड आकारमा राख्ने व्यवस्था मिलाउन तथा वैकल्पिक व्यवस्था गरी सिकाईलाई निरन्तरता दिन पनि प्रशासनको आदेशमा उल्लेख छ ।

कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने यससम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन हुने र अनुगमनका क्रममा यस देशको अवज्ञा भएको पाइएमा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

यस्तै, तनहुँका सरकारी कार्यालयमा माघ ७ गतेबाट सेवा लिन अनिवार्यरुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा जारी आदेश

गृहमन्त्रालयको निर्णय अनुसार गत पुस ३० गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार यस्ता सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था भएकाले खोप कार्ड साथमा लिई तोकिएका स्थानमा प्रवेश गर्न जिल्लावासीलाई अनुरोध गरिएको छ ।

आदेशमा कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा र्सार्वजनिकस्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गरिएको छ ।

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क ‘एन्टिजेन टेष्ट’ परीक्षणको दायरा फराकिलो बनाई नियमित परीक्षण गर्ने, सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्यरुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, नेपाल सरकारले तोकेका मापदण्ड पूर्णरुपमा पालना गर्न आदेशमा अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker