तीन जनालाई पूर्ण स्मृति सम्मान तथा पुरस्कार प्रदान

भञ्ज्याङन्यूज

तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जले तीन जनालाई पूर्ण स्मृति सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संस्थाका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित उक्त सम्मान तथा पुरस्कार सोमबार दुलेगौंडामा आयोजित एक कार्यक्रमका बीच समाजसेवा तर्फनन्दराज थापा, साहित्यतर्फसागर उदास र पत्रकारिता तर्फविकास खनाललाई प्रदान गरिएको हो ।

प्रदेश सभा सदस्य श्यामराजा महत, रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, वडा नं. ६ र १० का अध्यक्षहरु बुद्धि बहादुर थापा, राजेन्द्र भट्टर्राई क्षेत्री, स्व. पूर्ण श्रेष्ठकी धर्मपत्नी सुकु श्रेष्ठले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

रेडियोको आठौं वार्षिक साधारणसभाको अवसर उक्त पुरस्कार वितरण गर्दै प्रदेश सभा सदस्य महतले रेडियोले स्थापना गरेको सम्मानले अन्य व्यक्तिहरुलाई समाजप्रति थप उत्तरदायि बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रेडियोका अध्यक्ष भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा छनौट समितिका संयोजक नारायण श्रेष्ठ, सदस्य आनन्दसुन्दर श्रेष्ठ, रेडियोका पूर्व सदस्य सुजित हिराचनले सम्मानित व्यक्तिहरुको जिवानीका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका सचिव शिव पौडेल र कोषाध्यक्ष टिकाराम श्रेष्ठले पेश गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker