स्वास्थ्य सेवा सहज बनाउन कांग्रेस तनहुँको माग

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले कोरोना संक्रमितहरुको उपचार सेवा सहज बनाउन माग गरेको छ । आइतबार भानु-१ का कोरोना संक्रमित एक पुरुषले दमौली अस्पतालमा उपचार सेवा प्राप्त गर्न नसक्दा ज्यान गुमाउनु परेको भन्दै संक्रमितहरुको उपचार सेवा सहज बनाउन माग गरेको हो ।

जिल्ला सचिव विश्वनाथ बास्तोलाले सोमबार एक विज्ञप्ति जारी गर्दै भानु-१ का एक जना कोभड-१९ का विरामीलाई पटक पटक दमौली अस्पतालले तयारी छैन भन्दै भर्ना लिन नमानी २ घण्टासम्म अस्पताल गेटमै अलमल गराइ एम्वुलेन्समै ज्यान गुमाउनु परेको घटनाले सम्पूर्ण तनहुँवासीको स्वास्थ्य असुरक्षाको अवस्था उजागर भएको बताएको छ ।

विज्ञप्तिमा यस्ता गैरजिम्मेवारी कार्यको सम्वन्धित अस्पताल प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले आगामी दिनमा नदोहोरिने गरी क्षमायाचना गर्न समेत माग गरिएको छ। यस विषम घडीमा स्वास्थ्यका मापदण्डको पालना गरी आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नु हुन कांगे्रस तनहुँले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै पीडितलाई आवश्यक सहयोग गर्नुहुन पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई अपिल समेत गरेको छ ।

यो संकटको घडीमा कमिसन र भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न र नेपाली जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन, आईसियु बेडका साथै कोभिड-१९ को निःशुल्क परीक्षण र भ्याक्सिनको व्यवस्था गर्न नेपाली कांग्रेस तनहुँ जोडदार माग गर्दछ जारी विज्ञप्तिमा भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker