सिद्धस्थान वैद्धिक सनातनको २७औं स्थापना दिवस

भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गा स्थित सिद्धस्थान वैदिक सनातन सत्संग समुहले आफ्नो २७औ. स्थापना दिवस मनाएको छ । भानु नगरपालिकाको १३ र १२ तथा व्यास नगरपालिकाको ८ र ९ वडाका वृद्धवृद्धाहरुको सहभागितामा स्थापना दिवस मनाइएको हो ।
सत्संग समुहका अध्यक्ष नेत्र बहादुर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु-१३ की महिला संजाल अध्यक्ष सीता पौडेल, पयास्वाँरा गाउँका अध्यक्ष बिष्णु सिंह गुरुङ, उपाध्यक्ष सुकदेव पौडेल लगायतको उपस्थितमा पुजापाठ भजन कृतन गरिएको थियो । सो अवसरमा सत्संग समुह स्थापना गर्ने अग्रजहरु स्व बाल मुकुन्द पिया, स्व जुठे गुरुङ, स्व हिरा सिंह गुरुङ, स्व देउ बहादुर गुरुङ लगायतको स्मरण गरिएको थियो । यस्तै, संस्थालाई सहयोग गर्नुहुने माहानुभावहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker