प्रदेशमै उत्कृष्ट बन्यो डिभिजन वन कार्यालय तनहुँ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

गण्डकी प्रदेशमा डिभिजन वन कार्यालय तनहुँ उत्कृष्ट बन्न सफल भएको छ । प्रदेशभरका डिभिजन वन कार्यालयहरु मध्ये तनहुँलाई उत्कृष्टका रुपमा गण्डकी प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

पोखरामा आयोजित प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई पुरस्कृत गरेका थिए ।

कार्यालयलाई नगद २० हजार रुपैयाँ र प्रमाणपत्रका साथमा पुरस्कृत गरिएको छ । कार्यालयको एक वर्षो समग्र व्यवस्थापनका आधारमा यो कार्यालय उत्कृष्ट घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ । सोही कार्यक्रममा कार्यालयका पूर्व प्रमुख एवं कास्की डिभिजन वन अधिकृत केदार बराललाई गण्डकी प्रदेशको प्रदेश निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker