आँबुखैरेनी दुर्घटना अपडेट : १२ घाइतेलाई उपचारकालागि काठमाडौं पठाइयो

तनहुँ  : तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरिएको र आवश्यकताका आधारमा १२ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार अर्का एक घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । अन्यको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो ।

बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ४१ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने २ जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौंतर्फ ल्याइरहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker