मगर समाज सुधार समिति तनहुँमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ समाचारदाता/दमौली

मगर समाज सुधार समितिको शनिवार सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट पूर्णबहादुर थापा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा इन्द्रबहादुर थापा, सचिवमा लिलबहादुर थापा, कोषाध्यक्षमा ओमबहादुर थापा र सहसचिवमा धनमाया आले निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा सु. रिखुराम थापा, बेलबहादुर थापा, क्या. बलबहादुर राना, रामबहादुर आले, महादेव थापा, चित्रमाया आले, पदमकुमारी थापा, विष्णुमाया थापा, दिलमाया थापा रहेका छन् । यसैगरी होमबहादुर राना, पुरनबहादुर थापा, रामबहादुर राना, गंगा थापा, रामेश्वर आले, लालबहादुर राना र दिना थापा रहेका छन् ।
समाज अन्तर्गतको मोइ समूहको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट चोलिमाया थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बिमला आले, सचिवमा बिष्णु आले कोषाध्यक्षमा बिष्णुमाया थापा र सहसचिवमा उमा राना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा बेलिसरा थापा, मनिषा थापा, पूर्णिमाया आले, झनिसरा थापा, दिलकुमारी थापा, शिवा आले, दिलुकुमारी थापा, चित्रमाया आले, मुनु राना र अनिता पुलामी रहेका छन् ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक क्षेत्रमा मगर सुधार समाजले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । तनहुँमा मगरहरुको बाहुल्यता रहेको चर्चा गर्दै न्यौपानेले समाजले जातीय कला र संस्कृतिको उत्थान र सम्वर्द्धनमा महत्वपूर्ण योगदान गरेको बताए ।
नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार यमबहादुर आलेले आफुनो कला संस्कृतिलाई संरक्षण गर्दै समाजले सामाजिक काममा शसक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । समाजका सल्लाहकार बलबहादुर आलेले धेरै जनजातिका माझ मगर समुदायले छुट्टै पहिचान बनाएको चर्चा गर्दै सामाजिक एकतालाई कायम राख्नुपर्नेमा जोड दिए । कार्यक्रम समाजका अध्यक्ष पूर्णबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।










