‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद’ विषयक वक्तृत्वकलामा तनहुँका दिग्विजय प्रथम

‘ओलम्पिक डे’को अवसरमा प्रदेश खेलकूदपरिषद् गण्डकी र जिल्ला खेलकूदविकास समिती कास्कीको संयुक्त आयोजनमा आयोजित ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद’ विषयक वक्तृत्वकला प्रतियोगितामा तनहुँका दिग्विजय लामिछाने प्रथम हुनुभएको छ । यही असार १० देखि १२ गतेसम्म सञ्चालन भएको भर्चुअल प्रतियोगितामा तनहुँ महेश संस्कृती गुरुकुलम विद्यालयमा कक्षा १० मा अध्ययनरत लामिछानेले २२४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम हुनुभएको हो । उहाँले नगद १५ हजारका साथम मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा श्री हिमालय मावी पर्वत कक्षा १० मा अध्ययनरत छात्रा दीपशीखा सुवेदी दोश्रो हुँदै नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पार्नुभएको छ । यसैगरी श्री जनक मावी नवलपुर कक्षा ९ मा अध्ययनरत छात्र सुदर्शन ढकाल तेश्रो हुँदै नगद ७ हजार, श्री रत्नज्योती मावी कास्की कक्षा १० अध्ययनरत समीक्षा अधिकारी चौथो हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा गण्डकी वोर्डिङ कास्कीकी छात्र आस्तिका बास्तोला, एसओएस हर्मन माइनरकी छात्रा समीक्षा अधिकारी, श्री सत्यवती मावी तनहुँका गौरव सापकोटा, नवलपुर आवासीय माध्यमिक विद्यालयकी छात्रा गृष्मा पाठक, फिष्टेल एकेडेमी कास्कीकी प्राप्ती लम्साल र श्री भिमसेन आदर्श मावी नलवलपुरका छात्र विक्रम गिरी सान्त्वान हुँदै जनही नगद २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ ।

भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकूदपरिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकूदको महत्व दर्शाउँदै खेलकूदपदक जित्नका लागि मात्रै नभई राष्ट्रिय गौरव बढाउनका लागि समेत महत्वपूर्ण रहने बताउनुभयो । त्यसैगरी स्पोर्टस् फर अल कमिसनका चेयर पर्सन विष्णु गोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तीको सन्देश प्रवाह गर्न खेलकूदको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रदेश खेलकूदपरिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले खेलकूदका महत्वमा आफ्ना धारणा राख्नुभएको थियो ।

उक्त प्रतियोगितामा राष्ट्रिय खेलकूदपरिषद्का सदस्य रिमबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय खेलकूदविकास समितीका निर्देशक कृष्ण तिमिल्सिना र प्रध्यापक राजेश घिमिरेले निर्णायकको भूमिकामा रहनुभएको थियो । प्रदेश खेलकूदपरिषद् गण्डकीले हालै तय गरेको ‘भिजन स्टेटमेन्ट’ ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद’ लाई विषय बनाएर प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक केशव पाठकले जानकारी दिनुभयो । गण्डकी प्रदेश यूवा तथा खेलकूद मन्त्रालयको सहयोग, तथा नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा उक्त कार्यक्रम भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker