निर्वाचन आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, ६ माघमा उम्मेदवारी दर्ता

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आइतबार पहिलो हुने निर्वाचित हुन् निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार ६ माघमा उम्मेदवारी मनोनयन पत्र दर्ता रहेको छ । जसका लागि सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गर्न सकिने छ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

७ माघ बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । ८ माघको साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी ८ माघको साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी ९ माघ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम २० मंसिरदेखि सञ्चालन हुनेछ । सो कार्यक्रम अनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिरको दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न सकिने छ ।

यसैगरी २४ मंसिरको बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, १३ र १४ पुसको बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र २० माघको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुनको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

हेर्नुहोस् निर्वाचन कार्यतालिका :

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker