तनहुँको व्यास नगरपालिकाका चार कर्मचारी निलम्बनमा

दमौली : तनहुँको व्यास नगरपालिकाले ४ जना कर्मचारीलाई निलम्बन गरेको छ । बुधबार बसेको नगरपालिकाको कार्यापालिका बैठकले आलेप अधिकृत कुमारकञ्चन जीसी, सरसफाइ शाखा अधिकृत कृष्णराज घिमिरे सहित ४ जना कर्मचारीलाई निलम्बित गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा उनीहरु निलम्बनमा परेका हुन् । सरसफाइ केन्द्रको जग्गा खरिदसँग सम्बन्धित रहेर प्रमुख प्रशासकीय अधिकृतबाट ७ दिने स्पष्टीकरण सोधिएकामा बुधबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी गराए ।
उनले भने, ‘ती कर्मचारीहरूलाई छानबिन प्रक्रिया नटुङ्गिदासम्म निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन र छानबिनका लागि स्पष्टीकरण सोधिएका कर्मचारीलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ ।’
फोहोर व्यवस्थापनका लागि व्यास–१३ मा खरिद गर्न लागिएको जग्गामा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएसँगै ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण माग गरिएका कर्मचारीहरूको प्राप्त स्पष्टीकरण फागुन २६ गते बिहान ८ बजे हुने बैठकमा पेस गर्ने निर्णय भएको छ ।
यस्तै, कार्यापालिका बैठकले देशभरका १० पालिकाहरू मध्य व्यास नगरपालिका समेतको आर्थिक सबलीकरण गर्ने एशियाली विकास बैंकको सहकार्यको परियोजना स्वीकृत भएकाले त्यसको स्वागत गर्दै यस नगरपालिकाको मध्यकालीन खर्च संरचना, आर्थिक सर्वेक्षण, लैङ्गिक समानता, वातावरण मैत्री बजेट तर्जुमाका आधार एवं मान्यतामा रही विज्ञहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
यही फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस मनाउनका लागि उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा मुल आयोजक समिति गठन गरेको बैठकले उक्त दिन ११ बजे दमौलीमा ¥याली प्रदर्शन गरी दमौली सभा र्गहमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा नगरप्रमुख न्यौपानले हालै थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघको भवनमा दिगो विकासका लक्ष्य सम्बन्धी एसिया प्यासिफिक क्षेत्रबाट बैठकमा सहभागी भई स्थानीय तहहरूको तर्फबाट दिगो विकासको लक्ष्यहरूको ३, ५, ८, १४, १७ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
व्यास नगरपालिकाको जग्गा खरिद प्रक्रियामा नगरपालिकाका केही कर्मचारीहरूको अडियो सार्वजनिक भएको सम्बन्धमा राष्ट्रिय मान्यता प्राप्त स्थानीय राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, रा.प्र.पा, नेकपा समाजवादी लगायतको प्रेस विज्ञप्ति बैठकमा जानकारी गराइएको थियो। बैठकले यस सम्बन्धमा आगामि आइतबार स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुसँग सरसफाई केन्द्रको जग्गा व्यवस्थापन सम्वन्धमा संयुक्त बैठक बस्ने निर्णय गरेको छ ।
यस्तै, उक्त बैठकले व्यास नगरपालिकाको सूचना अधिकारीको जिम्मेवारी शिक्षा शाखा प्रमुख केदार आचार्यलाई दिने निर्णय गरेको छ । बैठकले नगरपालिकाका केही निजी विद्यालय लामो समयदेखि करको दायरामा आएको नदेखिंदा त्यस्ता विद्यालयलाई करको दायरामा ल्याउन व्यास नगर राजस्व परामर्श समितिलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker