एआई एक्स–रेमार्फत छाती रोग शिविर

तनहुँको आँबुखैरेनी गाउँपालिकामा एआई प्रविधियुक्त एक्स–रे मेसिनमार्फत छाती रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालय दमौली को सहकार्य तथा गाउँपालिकाको व्यवस्थापनमा सोमबार एकदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ४९१ जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा ९ जनामा क्षयरोग (टीबी) पुष्टि भएको र उनीहरूलाई आवश्यक परामर्श तथा उपचारका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ । आधुनिक एआई प्रविधिको प्रयोगमार्फत छाती रोग पहिचान सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीयस्तरमा रोग पहिचान र उपचारमा सहयोग पुगेको विश्वास लिइएको छ । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker