नागरिकता विधेयक रोक्न सकेनौ : न्यौपाने
भञ्ज्याङ समाचारदाता/दमौली
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सरकारले राष्ट्रियसभामा पेश गरेको नागरिकता विधेयक रोक्न नसकेको बताएकी छन् । अखिल नेपाल महिला संघ जिल्ला कमिटी तनहुँले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सासंद न्यौपानेले उक्त कुरा बताएकी हुन् ।
उनले नागरिकता विधेयकमा भएको विदेशी चेली नेपालमा विहे गरेर आएको भोलिपल्ट नै नागरिकता दिन पाउने गरी सरकारले ल्याएको विधेयक राष्ट्रहित विपरित भएको हुँदा त्यसलाई रोक्न आफूले पहल गरेतापनि नसकेको बताइन् ।
‘नेपाली कांग्रेस, माओवादी र संसदमा प्रतिनिधित्व गर्ने सासंदहरुसँग आफूले यो विधेयक रोक्नका लागि छलफल गरेको, उक्त छलफलमा राष्ट्रियसभाका सासंदहरु सकारात्मक थिए तर निर्णयार्थ छलफलका प्रस्तुत गर्दा उनीहरुले सरकारले ल्याएको प्रस्तावमा सहमति जनाए,’ उनले भनिन् । दलगत हृवीपले गर्दा उनीहरुले दलीय उर्दी मानेको उनले बताइन् । एउटा दल र व्यक्तिले चुनाव जित्नु र हार्नुको परिणाम अहिले देशले भोगेको उनको भनाई थियो ।