देवघाटमा घण्टाचुली महोत्सव हुने
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ मा पर्ने पर्यटकीय गन्तव्य घण्टाचुलीमा यहि मंसिर १७ र १८ गते घण्टाचुली पर्यटन महोत्सव २०७८ गरिने भएको छ । स्थानीय लालीगुराँस टोल बिकास संस्थाको भवन निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको घण्टाचुली पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
महोत्सव तयारीको विषयमा गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले महोत्सवले पर्यटकीय सम्भावना बोकेको नेपालकै एक ऐतिहासिक शान्त, रमणीय, सधैं हरियाली, हिमाल पहाड तराइ अबलोकन गर्न सकिने नेपालकै राष्ट्रिय फूल लालीगुराँस पाईने स्थान घन्टाचुलीको पर्यटन प्रवर्द्धन प्रचारप्रसार हुने बताए ।
संस्थाका अध्यक्ष भेष बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा घण्टाचुली सामुदायिक बनका अध्यक्ष डमरसिङ्ग गुरुङ, नेपाल मगर सांस्कृतिक संघ बागमती प्रदेशका अध्यक्ष बल बिक्रम थापामगर, कार्यक्रम संयोजक बेल बहादुर गुरुङ, आर्थिक संयोजक कलम गुरुङ र पुर्णीमा थापामगर लगायतले महोत्सवका माध्यमबाट घण्टचुलीको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।










