तनहुँका स्थानीय तह आफ्नै पाठ्याक्रम बनाउँदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको स्थानीय तह आफ्नै पाठ्यक्रम बनाउने तयारीमा जुटेका छन् । भुगोल, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय क्षेत्रलाई समेटेर प्राथमिक तहमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने तयारीमा जुटेका हुन् ।

जिल्लाका १० पालिकामध्ये ६ वटा पालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका छन् । व्यास, भिमाद नगरपालिका, आँबुखैरेनी, म्याग्दे र देवघाट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरिसकेका छन् भने भानु, शुक्लागण्डकी नरपालिका, बन्दिपुर, घिरिङ, ऋषिङ गाउँपालिकाले भने यसै आर्थिक वर्षा स्थानीय पाठ्यक्रम निर्माण गर्ने गरी तयारी थालेका छन् ।

गाउँपालिकाको सामान्य परिचय, भौगोलिक अवस्था, साँध सिमाना, जनसंख्या, जातजाति, संघसंस्थाहरु लगायतलाई समावेश गरी कक्षा १ देखि ५ सम्मका लागि पाठ्यक्रम तयार गरिएको म्याग्देका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले बताए । उनले भने, ‘पाठ्यक्रममा प्राकृतिक स्रोत सम्पदा, संस्कार र संस्कृति, ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थल, पेशा, स्वास्थ्य सरसफाई, प्रकोप वातावरण आदि क्षेत्रलाई समेत समेटिएको छ ।’ गाउँपालिकाद्वारा निर्माण गरिएको पाठ्यक्रम गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा बाढिएको र यहि शैक्षिक सत्रबाट सबै विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।

यस्तै, व्यासले १ देखि ३ कक्षाका लागि पाठ्यक्रम र १ कक्षाको लागि पाठ्यपुस्तक तयार गरिसकेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद रेग्मीले बताए । उनले भने, ‘कक्षा १ को पाठ्यपुस्तक सबै विद्यालयमा बाढिसकिएको छ । अन्य कक्षाको पुस्तक बनाउने तयारी भैरहेको छ ।’

देवघाटले भने ०७४/०७५ सालमै बनाएको पाठ्यक्रमलाई केही परिमार्जन गरी विद्यालयहरुलाई वितरण गर्ने तयारी गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बताए । बन्दिपुरले भने पाठ्यक्रमको प्रारम्भिक तयारी भएको तर विज्ञहरुसंग बसि छलफल गर्न नपाउदा सम्पन्न हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उनले भने, ‘कोरोना संक्रमण जोखिमका कारण विज्ञहरु बोलाएर छलफल गर्न सकिएको छैन । अब केही महिनाभित्र पाठ्यक्रमको टुङ्गो लगाउने तयारीमा छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker