म्याग्देको पन्ध्रौ गाउँसभा : चार ऐन पारित

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले पन्धौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले सोमबार आयोजना गरेको गाउँसभाबाट चार वटा ऐन पारित गरेको छ ।

गाउँपालिकाको नगर प्रहरी ऐन २०८०, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन २०८०, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन २०८० र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाई ऐन (पहिलो संशोधन) २०८० गाउँसभाबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी गराए ।

गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरी राखेको छैन । नगरी प्रहरी व्यवस्थापन ऐन २०८० को दफा १० मा भएको व्यवस्था अनुसार नगर प्रहरी पदपुर्तिका लागि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०८० पेश गरेकी थिइन् । त्यसैगरि वातावरण समितिका संयोजक शिव वहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक २०८० पेश गरेका थिए ।

नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेश गरेका थिए । गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिव बहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेश गरेका थिए ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित गाउँसभामा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संकल्प प्रस्ताव पेश गरेका थिएभने समितिका संयोजकहरुले सभामा विधेयक पेश गरेका थिए । गाउँसभाले ३० वटा नीतिगत निर्णयहरु समेत पारित गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker