टोल, आमा समुह तथा बाल क्लवका अध्यक्षहरुलाई प्राथमिक उपचार तालिम

दमौली : व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले वडाभित्र रहेका सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष तथा बाल क्लबका अध्यक्षहरूका लागि दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा जिल्ला रेडक्रस कार्यालयबाट खटिएका प्रशिक्षकद्वय कृष्णचन्द्र पाण्डे र रामदत्त पौडेलले विभिन्न दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याका अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए । तालिममा दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार, घाँटीमा कुनै वस्तु अड्किएको अवस्था, हृदयघात, काटिएर रक्तश्राव भएको अवस्था लगायतका विषयमा डेमोसहित अभ्यासात्मक प्रशिक्षण दिइएको थियो ।
तालिमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले यस्ता तालिमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै दुर्घटना वा आकस्मिक बिरामी परेका अवस्थामा तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । समयमै प्राथमिक उपचार पाउन सके धेरै मानिसको अकालमा ज्यान जानबाट जोगाउन सकिने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
तालिम समारोहमा नगरपालिकाका शिक्षा शाखाका अधिकृत नवीन पराजुलीले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सिकाइ केन्द्रका अध्यक्ष राम गन्धर्वको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका कानुनी सदस्य डम्बरदेव हडखलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने परिचारिका कल्पना हडखलेले सहजिकरण गरेकी थिइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker