आयुर्वेद औषधालयको वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि

दमौली : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । आ.व. २०८१/०८२ मा कार्यालय मातहतबाट सम्पादन गरिएको आयुर्वेद सेवा कार्यक्रमको वार्षिक समिक्षा तथ औषधालयमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अवृद्धि कार्यक्रम गरेको हो ।

शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा दुई दिनसम्म सञ्चालित कार्यक्रममा वार्षिक समिक्षा सेवा प्रवाहको तथ्याड्क विश्लेषणका साथै सेवा प्रवाहका विषयमा सहजिकरण गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख अमर दवाडी, दमौली अस्पतालका मेसु डा. परिवर्तन बराल, आयुर्वेद चिकित्सक डा. किरणचन्द्र पौडेल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका तथ्यांक अधिकृत प्रविण भण्डारी, कोष तथा लेखा निरिक्षण कार्यालय तनहुँका लेखापाल रामचन्द्र पौडेल लगायतले सेवा प्रवाहको समिक्षा तथा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

आयुर्वेद चिकित्सक डा. किरणचन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागिलाई स्वागत बरिष्ठ कविराज निरीक्षक शम्भु चापागाँई तथा कविराज निरिक्षक भोजहरि रानभाटले सहजिकरण गरेका थिए । सो कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, आयुर्वेद औषधालय एवं नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेकोबताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker