प्रधानमन्त्रीद्वारा पढाइको अवस्थाबारे जानकारी

भञ्ज्याङ समाचारदाता (दमौली)

प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न सुझाव दिनुभएको छ । खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीसँग बुधबार भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी लिँदै राम्रोसँग पढ्न सुझाव दिनुभएको हो । पढाइ कस्तो छ भनेर प्रधानमन्त्री ओलीले सोध्दा विद्यार्थीहरुले राम्रो छ भनेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राम्रोसँग पढ्नुहोला ।’ प्रधानमन्त्री ओलीले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग भर्चुअल माध्यमबाट कुराकानी गर्नु भएको विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले जानकारी दिनुभयो ।

कोभिड महामारीको बेलामा विद्यार्थीले अनलाइनबाट कसरी अध्ययन गरेका थिए भन्ने विषयमा प्रधानमन्त्री ओलीले चासो व्यक्त गर्नुभएको थियो । ‘अनलाइनबाट अध्ययन गर्दा कतिको प्रभावकारी भयो भन्ने विषयमा प्रधानमन्त्री ओलीले विद्यार्थीसँग कुराकानी गर्नुभयो’, प्रधानाध्यापक घिमिरेले भन्नुभयो ।

विद्यालयले पाँच महिना अगाडिबाट ‘फ्युज क्लासरुम’ बाट अध्यापन गराउँदै आएको थियो । ‘फ्युज क्लासरुम’ बाटै विद्यालयले परीक्षा लिने, गृहकार्य दिनेलगायतका काम गरेको थियो । सो अवसरमा फ्युज मेसिनका नेपाल प्रमुख पराग श्रेष्ठले प्रधानमन्त्रीलाई यसबाट पढ्न गर्नुपर्ने प्रयोगको बारेमा जानकारी गराउनुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker