थुनेलो रोग रोकथामका लागि निःशुल्क परीक्षण तथा औषधि वितरण

भानु : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको आयोजना तथा भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाको सहकार्यमा व्यवसायिक पशुहरूमा देखिने थुनेलो रोग रोकथामका लागि थुनेलो परीक्षण शिविर सञ्चालन गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क वितरण गरिएको छ ।

भानु नगरपालिका–८, बगालेफाँटस्थित प्रगति दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरूका गाईभैँसीको थुनेलो परीक्षण गरी संक्रमण देखिएका पशुहरूको उपचारका लागि बेटाडिन, मास्ट मलम, ग्लिसिरिन, बफर तथा थुन उपचारमा सहयोगी सामग्री र मिनिरल भिटामिन वितरण गरिएको भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ ।

उक्त थुनेलो शिविरमा ६४ जना कृषकका ९६ वटा गाईभैँसीको दूध नमुना संकलन गरी परीक्षण गरिएको थियो। जसअन्तर्गत ५६ वटा गाई र ४० वटा भैँसीको दूध नमुना परीक्षण गर्दा १३ जना कृषकका २३ वटा गाई र १२ वटा भैँसी गरी जम्मा ३५ वटा पशुमा थुनेलो संक्रमण देखिएको भेटेरिनरी अस्पतालका अधिकृत रुद्रसिंह ठकुरीले जानकारी दिए ।

संक्रमण देखिएका पशुहरूलाई औषधि वितरण गर्नुअघि थुनेलो रोगका लक्षण, असर, रोग लाग्न नदिन अपनाउनुपर्ने उपाय तथा औषधि र कप प्रयोग विधिबारे किसानलाई प्रशिक्षणसमेत दिइएको थियो ।

पछिल्लो समय विशेषगरी गाई र भैँसीमा थुनेलो रोगको प्रकोप बढ्दै गएको पाइएको छ। यस रोगका कारण दूध उत्पादनमा कमी आउने, पशुको स्वास्थ्यमा गम्भीर असर पर्ने र किसानको लगानी जोखिममा पर्ने गरेको बताइएको छ ।

दुहुनो गाईभैँसीको सरसफाइमा हुने लापरवाही तथा जानकारीको अभावका कारण संक्रमण फैलिने गरेको र उपचारमा लामो समय तथा ठूलो खर्च लाग्ने भएकाले रोग लाग्नै नदिन सरकारी निकायको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष खडानन्द ढकाल, सञ्चालक सन्तोष बजगाईँ, प्राविधिक उषा किरण तिवारी, अमित दुंगाना, अनिता बी.के., ललिता बुढाथोकी र रोशन मल्ल ठकुरी लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker