कोभिड संक्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

भञ्ज्याङ समाचारदाता/दमौली

मुलुकमा कोभिड-१९ को संक्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना संक्रणमुक्त भई घर फर्केका छन् ।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको जनाइएको छ । हालसम्म मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५० पुगेको छ । हाल देशभर पाँच हजार ५० जना सक्रिय संक्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन् । पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड-१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ ।

खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker