आँवुखैरेनीका लाभग्राहीको घरदैलोमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । भत्ता लिन बजारसम्म पुग्नुपर्ने, यातायातमा खर्च गर्नुपर्ने तथा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिकाले घरदैलोमै भत्ता वितरण सुरु गरेको हो ।

गाउँपालिकाका अनुसार यसअघि सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीले यातायात खर्च गरेर बजारसम्म पुग्नुपर्ने र भीडभाडमा लामो समय बिताउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिकलाई हुने यस्तो असहजतालाई ध्यानमा राख्दै गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि घरदैलोमै भत्ता वितरण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाले अहिले पनि विभिन्न वडा तथा टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । पछिल्लो समय भत्ता वितरणसँगै लाभग्राहीको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराउन थालिएको छ । एकीकृत सेवाअन्तर्गत गाउँपालिकाले आँबुखैरेनी–६ का हिलेखर्क, जालभञ्ज्याङ, पुरलुङ लगायतका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य सेवा प्रदान गरेको छ ।

भत्ता लिनकै लागि टाढा यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै एउटै स्थानमा सामाजिक सुरक्षा र स्वास्थ्यसम्बन्धी सेवा प्राप्त हुँदा ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई सहज भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने अभ्यासले सेवा प्राप्तिका क्रममा हुने समय, खर्च र भौतिक कठिनाइ घटाउन सहयोग पुर्याउन सक्छ । सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य परीक्षण र औषधि वितरणलाई जोडिएको यस्तो एकीकृत सेवाले विशेषगरी ज्येष्ठ नागरिकलाई स्थानीय तहमै आधारभूत सेवा उपलब्ध गराउने प्रयासलाई बल दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker