जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँद्वारा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी वितरण

भञ्ज्याङ समाचारदाता/देवघाट

देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू हस्तान्तरण गरेको छ । प्रारम्भिक अवस्थादेखि नै होम आइसोलेसन र आइसोलेसन सेन्टरहरुमा योग तथा आयुर्वेदिक औषधिहरू वितरण गर्दै आइरहेको केन्द्रले बुधबार गाउँपालिकालाई पनि औषधीहरु हस्तान्तरण गरेको हो ।

केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले त्रिकटु चुर्ण, गुडुची चुर्ण, यष्टिमधु चुर्ण, अखरगन्ध चुर्ण, महासुदर्शन चुर्ण, लक्ष्मी विलास रस (नारदीय) लगायतका आयुर्वेदिक औषधीहरू गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

औषधीहरु नागरिक आरोग्य केन्द्रका कर्मचारीहरू मार्फत प्रत्येक होम आइसोलेसनमा रहेका व्यक्तिहरूलाई दिने गरी हस्तान्तरण गरिने भएको छ । औषधी हस्तान्तरण गर्दै कोरोना पोजेटिभ देखिए पश्चात् व्यक्तिका मनमा अनेक प्रकारका कुराहरू खेल्ने हुँदा बिरामीमा कुनै पनि किसिमको मानसिक तनाब नहोस भन्ने हेतुले औषधी वितरण गर्दै आइरहेको मण्डलले बताए ।

संक्रमित भैसकेपछि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता घट्ने, कमजोर हुने जस्ता समस्यालाई समाधान गर्ने भएकाले आयुर्वेदिक औषधीले रोगसंग लड्ने क्षमता वृद्धि गर्ने डा. मण्डलले बताए। आयुर्वेदिक औषधी आवश्यक परेमा उपलब्ध गराउने बताउँदै अनावश्यक रूपमा कोरोनाको औषधी हुन्छ भनेर नहुने बस्तुहरू औषधीका रूपमा प्रयोग नगर्न अनुरोध गरे । यसैबिच देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई औषधी उपलब्ध गराएकोमा धन्यवाद दिदैँ आगामी दिनहरूमा पनि आवश्यक परेको खण्डमा स्वास्थ्य केन्द्रलाई जानकारी गराउने बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker