व्यास र देवघाटमा विद्यालयको परीक्षा स्थगित

भञ्ज्याङ न्यूज

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण जोखिम उच्च बन्दै गएपछि तनहुँका स्थानीय पालिकाहरुले शैक्षिक सत्र २०७७ को विद्यालय स्तरका अन्तिम परीक्षा धमाधम स्थगित गर्न थालेका छन । जिल्लाको बन्दिपुर गाउँपालिकाले शनिबार एक सुचना जारि गरी परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो भने आज व्यास नगरपालिका र देवघाट गाउँपालिकाले एक सुचना जारी गरी परिक्षा स्थगित गरिएको जानकारी गराएका छन ।

व्यास नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज विहान बसेको नगर शिक्षा समितिको वैठकले विद्यालय एवं परीक्षा सञ्चालन सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले विद्यमान कोभिड-१९ को दोस्रो चरणले छिमेकी देश भारतमा असामान्य परिस्थिति सृजना भएको, नेपालको परिस्थिति समेत असामान्य हुदै गएको, विभिन्न जिल्लामा निषेधाज्ञा भएको विद्यमान अबस्थालाई मध्यनजर गर्दै नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठनका साथै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले वैशाख १४ गते नगरपालिका भित्रका क्याम्पस, सामुदायीक एवं संस्थागत विद्यालयहरुमा भौतिक रुपमा पठन पाठन बन्द गरी वैशाख २१ गतेदेखि परीक्षा सञ्चालनलाई यथावत राखिएकोमा शिक्षा मन्त्रालय, जिल्ला प्रकोप व्यवस्थापन समिति समेतको अनुरोध, छिमेकी पालिकाहरुको निर्णय समेतलाई अध्ययन गरी तत्काललाई परीक्षा स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी गराएका छन ।

विद्यालयका प्रधानाध्यापक, सामुदायीक एवं निजी विद्यालयका शिक्षक संघ संगठन, महासंघ प्रतिनिधी समेतको उपस्थितिमा व्यास नगर शिक्षा समितिको वैठकले सम्पुर्ण विद्यालयका नियमित पठन पाठन, ट्युसन कक्षाहरु समेत पुर्ण रुपमा बन्द गर्ने र २०७८ वैशाख मसान्तसम्म पुर्व निर्धारित सम्पुर्ण परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेका छन ।

बैठकले विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा १० जनासम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालय पधानध्यापकलाई निर्देशन दिएको छ ।

यस्तै, स्थगित परीक्षा सञ्चालन गर्न कुन मोडल अपनाउने भन्ने विषयमा २०७८ ज्येष्ठको पहिलो हप्ता भित्र आवश्यक निर्णय लिने सहमति भएको प्रमुख रेग्मीले जानकारी गराए ।

व्यास नगरपालिकाभित्रका सामुदायीक तथा संस्थागत विद्यालयको कक्षा थपका लागि तोकिएको आधार प्रमाण सहित २०७८ वैशाख मसान्तसम्म दरखास्त माग गर्न सार्वजनिक सुचना दिने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै, जिल्लाको देवघाट गाउँपालिकाले पनि विद्यालयको पठनपाठन तथा सम्पूर्ण परीक्षाहरु अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत नरहरि सापकोटाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker