मर्स्याङ्दीको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुल भत्कायो

अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष रामबहादुर खड्काले भने, ‘जमीन भासिने क्रम अझै रोकिएको छैन ।’ एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको उनले बताए ।

यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्ने पनि त्यही झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।

पुलमा क्षति पुगेसँगै अब ड्यामको बाटोबाट आउजाउ गर्नुपर्ने उनको भनाइ छ । ‘अब त्यहाका मानिसहरुलाई आउजाउ गर्न ड्यामको बाटो बाहेक अरु विकल्प छैन तर ड्याममा आफ्नो समयमाभन्दा पनि ड्यामले भनेको समयमा मात्र आउजाउ गर्न पाइन्छ, समस्या छ,’ उनले भने । सहजताका लागि आफूले समन्वय गरिरहेको उनले बताए ।

पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । ‘पुलमा चुडियो भनेर हामीलाई बिहान खवर आयो, सूचना पाउने बित्तिकै हामीले त्यो क्षेत्रमा सर्वसाधारणलाई आउजाउमा रोक लगाएका छौं,’ उनले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker