“ग्रामीण क्षेत्रका विद्यालयलाई विषयगत शिक्षक पाउँनै सकस छ” : प्रअ श्रेष्ठ
प्रधानाध्यापक लिलकुमार श्रेष्ठ


ऋषिङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमध्ये यस विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत भेटेरिनरी विषयका पढाइ हुने गरेको छ। उक्त विषय पढाउनका लागि गाउँपालिकाले एक जना विषयविज्ञ डक्टर, एक सायक र एक कर्मचारी गरी ३ जना कर्मचारीको व्यवस्था गरेको छ । प्रधानाध्यापक श्रेष्ठका अनुसार भेटेरिनरी साइन्स पढाउनका लागि आवश्यक पर्ने स्रोतसाधन, औषधिलाई विद्यालयकै स्रोतसाधनबाट व्यवस्थापन गरिएको छ ।
गण्डकी प्रदेश अन्तर्गतको सिटिइभिटीबाट विद्यालयमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत दुई लाख रुपैयाँ बजेट प्राप्त भएको र उक्त बजेटबाट विद्यालयमा अघिल्लो वर्ष कुखुरा पालन र यो वर्ष बाख्रा पालनको कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए ।
‘जेनतेन १२ पास गरेपछि विद्यार्थीहरु अध्ययन तथा रोजगारीका नामा विदेश पलायन हुने क्रम बढ्दै गएको छ । यस्ता कार्यलाई न्यूनिकरणका लागि सैद्धान्तिक ज्ञान भन्दा पनि व्यवहारीक शिक्षाको खाँचो देखिएको छ’, उनले भने, ‘पढिसकेपछि युवा जनशक्ति स्थानीय क्षेत्रमा खपत हुने खालको आधार खडा हुने खालको पठनपाठन अहिलेको आवश्यकता छ । २०२८ सालको शिक्षा ऐनलाई टेकेर काम भइरहेकाले शिक्षा क्षेत्रले अहिलेको परिवर्तनसंग मेल खाने जनशक्ति उत्पादन गर्न सकिरहेको छैन। हाम्रो तीनवटै तहका सरकारको पनि विद्यार्थीले पढेर सके हुन्छ भन्ने धाराण छ यसलाई पनि हटाउनु पर्छ ।’
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा २०८२ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित सामाग्रि)